nepalaya

‘गायक फत्तेमान ७०मा’ रहेका आठवटा गीतमध्येबाट एउटा गीत विद्युतीय प्रसारण निम्ति प्रथमपल्ट सार्वजनिक

Mar 10, 2005
‘गायक फत्तेमान ७०मा’ रहेका आठवटा गीतमध्येबाट एउटा गीत विद्युतीय प्रसारण निम्ति प्रथमपल्ट सार्वजनिक

‘गायक फत्तेमान ७०मा
रहेका आठवटा गीतमध्येबाट एउटा गीत

विद्युतीय प्रसारण निम्ति Falgun 27 – 10th March 2005देखि प्रथमपल्ट सार्वजनिक

किन आउँछ पुरानो कुरा -‘गायक फत्तेमान ७०मा’ एलबमका सङ्गीतकार आभासद्वारा नै रचित यो गीतमा रचनाकारले व्यक्ति भित्र रहने प्रेमको विगतानुभूति (nostalgia)बाट उत्पन्न अवस्थालाई उजागर गर्ने प्रयास गरेका छन् । विगत २०५९ को अन्त्यतिर सिर्जना गरिएको यो गीतका रचनाकार तथा सङ्गीतकारले गायक फत्तेमानसित सहकार्य गर्ने क्रममा, गायकसंग रहेको उच्च सांगीतिक समवेदनालाई महशुस गरेपछि यी ऐतिहासिक गायकको मधुर आवाजनिम्ति, आठवटै गीतको लहरसँगै यो गीत पनि छनोटमा पारेको हो । गीत सिर्जनाको पृष्ठभूमी जेबाट अभिप्रेरित भएपनि गायकले त्यसको भावानुभूतिलाई गम्भीरतापूर्वक अभिव्यक्त नगरेसम्म गीत प्रभावशाली बन्न सक्तैन । गायक फत्तेमानले यो गीतलाई भावनायुक्त अनुभूतिको उच्चतम शैलीमा गाएका छन् । उनको गायनमा रहेको यो गीतको गहिराई भेट्न श्रोतामा गीतलाई बारम्बार सुन्ने धैर्यता जरुर चाहिन्छ । तर यो गीतलाई हरेक पल्ट सुन्दा श्रोताले नयाँ र नौलो आनन्द पाएको अनुभूति गर्ने छन् ।

किन आउँछ

किन आउँछ पुरानो कुरा मलाई सताउन

मन खोली रुँदा सबैले भन्छन् तँलाई स्वाउदैन

बैरीले पनि नदिने दुःख दियो यो मायाले

जीवनभरि छोडेन मलाई बैगुनी छायाले

रजनी–गन्धा बासना आउछ रातीमा ब्यूँझाउन

मन खोली रुँदा सबैले भन्छन् तँलाई स्वाउदैन

बर्खाको खोला सुसाएजस्तो उर्लिने भावना

उमङ्ग छुटे जँघार पारी बाँकी छ वेदना

सुसेली हाल्दा प्रीतिको भाका जानिन फर्काउन

मन खोली रुँदा सबैले भन्छन् तँलाई स्वाउदैन

Kina Aaucha– Why do they come…

Why do they come back,

the old memories to trouble my mind

When I open my heart and cry,

they all say it does not fit my kind

My love,

it hurt me more than my enemies themselves

Deceitful shadows,

never ceased to trace my life at rest

Fragrance of Rajani-Gandha,

it wakes me up every night

When I open my heart and cry,

they all say it does not fit my kind

Feelings swell up like the monsoon waves

The pain it lurks beyond euphoric raves

I did not know

to return the passion at the blow of a whistle

When I open my heart and cry,

they all say it does not fit my kind

शब्द, संगीतः आभास
Words and compositions: Aavaas
Translations: Salil Kanika
Fragrant flower (tube-rose)