nepalaya

पलेँटीमा मणिकमल छेत्री

Jul 19, 2006

Listen to this news

Audio version available

पलेँटीमा मणिकमल छेत्री

पलेँटी शृंखला अँन्तरगत सातौं शृंखलाको प्रस्तुति हुने तयारी पुरा भएको छ । सातौं पलेँटी शृंखलामा भाग लिन सुप्रसिद्ध सङ्गीतकार मणिकमल छेत्री दार्जिलिङ्बाट काठमाण्डौ आइपुगेका छन् ।

 नेपाली सङ्गीत जगतका निम्ति मणिकमल नया“ नाम होइन । हाल दार्जिलिङस्थित सूचना र संस्कृति बिभागको आधुनिक संगीत शाखामा कार्यरत मणिकमल काठमाडौं खाल्डोमा भिमफेदी–चन्द्रागिरी पैदल मार्ग छ“दैदेखिका यात्री हुन् । त्यस बखत रेडियोमा गीत गाउन आउदा कहिले नारायण गोपालले समय मिलाइदिन्थे त कहिले अम्वर गुरुङले नै आफ्नो ‘रेकर्ड डेट’ मणिलाई दिन्थे ।

 सुरुमा बा“सुरीबादक हु“दै पछि गायक र त्यसपछि कम्पोजरको चिनारी बोकेका मणिकमल नेपालमा लोकप्रिय बनेका बिभिन्न गीत गाएर स्कुल जीवनमै संगीततिर तानिएका हुन् । स्कुले बेलैमा अरुणा लामास“ग कलकत्तामा गएर ६ वटा युगल गीतको डिस्क रेकर्ड गराउन पाएका थिए उनले । शरण प्रधानको गीत/संगीत रहेका त्यसबेलाका लागि दुर्लभ झैं मानिएका ती गीतमध्येको एउटा गीतयो जोवनलाई घरको माया छ कि छैन...’निकै चर्चित भएको थियो ।

 सुरुमा अरुणा लामाका गीतमा बा“सुरी बजाउ“दै, उनैस“ग गीत गाउ“दै पछि अरुणाकै लागि झण्डै चार दर्जन गीतमा संगीत भरेका छन् मणिकमलले । हरिभक्त कटुवालको शब्दमा सिर्जना भएको मणिकमलको संगीतमा रहेको गीतहाँगा हाँगावनभरि चैत फुलेछ/थाहा नपाइ मनभित्र बैंश फुलेछ’मा रहेको सांगीतिक जादू अहिले पनि कायमै छ । यो गीत अरुणा लामाकै अवाजमा गुञ्जेको गीत हो ।

गोपाल योञ्जनको विवाहका बखत नारायण गोपाल, नगेन्द्र थापाहरू काठमाडौंबाट दार्जिलिङ पुगेका थिए । त्यो माहोलमा कर्म योञ्जनको संगीतमा मणिकमलले गाएका थिए—‘मदिराले होइन, म त बैंशले मात्तिए ।’ यो गीत नारायण गोपालको अनुरोधमा उनले पटक पटक गाउनुपरेको थियो । मणिले संगीत भरेका ६ वटा गीत नारायण गोपालले गाउने तय भैसकेको थियो तर नारायण गोपालको निधनले ती गीत गर्भमै रहे ।

२८ जुलाईको पलेँटी मणिकमलको जीवन कै फहिलो एकल कार्यव्रम हुनेछ, जहा“ मणिकमलका रचनाहरू उनकै आवाजमा गुञ्जने छन् ।

‘पलेँटीले हामी दार्जिलिङ्का कलाकारलाई माया गरेकोमा आभारी छौं । लामो अन्तरालपछि गायकको रुपमा प्रस्तुत हु“दैछु, सबैको माया पाउने आशा राखेको छु ।’ नारायण गोपाललाई सम्झदै गल्ती हजार हुन्छन् यहा“ होस हराएको बेला  गीतमा अभ्यासरत मणिकमल पलेँटीकार्यक्रमप्रति टिप्पणी  सुनाउदै थिए ।

‘मणिकमल नेपाली संगीत जगतमा सुपरिचित नाम हो तर श्रोताहरू बीच एकल गायन प्रस्तुत गर्ने यो उहा“को ऐतिहासिक सा“झ हुनेछ । पलेँटीमा एउटा स्थापित कम्पोजरलाई यसरी प्रस्तुत गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।’ पलेँटी शृंखलाका संयोजक आभासको भनाइ थियो ।

मणिकमलको पलेँटी
स्थानः नेपा~लय ‘आर’शाला
मितिः २८ जुलाई २००६ शुक्रबार
समयः बेलुकी ५ः३० बजे